पुदिना : औषधिय गुणले भरिपूर्ण

कृषिपाटी
२७ फाल्गुन २०७८, शुक्रबार १४:४८

 

 

पुदिना वा अंग्रेजीमा मिन्ट को रुपमा चिनिने यो एक औषधिय गुण भएको बनस्पती हो । पछिल्लो समय यसको खेती पनि गर्न थालिएको छ । विश्वमा ६ सय प्रजातिको पुदिना पाइने विश्वास गरिन्छ । धेरै चलनचल्ती मा आउने २ प्रकारको पुदिना हुन्छ, एउटा पिपर मिन्ट र अर्को स्पियर मिन्ट । स्पियर मिन्टलाई मसलाको रुपमा प्रयोग गरिन्छ भने पिपर मिन्टलाई चिया , जेली , जुस, चुइगम , अचार , टुथ पेस्ट , साबुन ,चकलेट , क्रिम ,आइस क्रिम आदिमा प्रयोग हुन्छ ।

 

पुदिना मानब स्वस्थको लागि अति उपयुक्त हुन्छ । विश्वमा अमेरिकाले कुल उत्पादनको ७० प्रतिशत हिस्सा ओगटेको छ । माटोमा चिस्यान बढी भएको , सेपिलो जमिनमा यसको बृदि बिकाश राम्रो हुन्छ । बर्षात संगै यो झाँगिने अनि बर्षात को अन्त संगै मासिने गर्दछ । नेपालमा चिसो मौसममा यो सुसुप्त अवस्थामा रहने गर्दछ ।

 

पुदिनामा के कस्ता औषधिय गुण पाइन्छ त ? यसका फाइदाबारे यहाँ चर्चा गरिएको छ ।

 

पेट दुखाइ: पुदिनाको पातलाई पानीमा पकाउँने, पानी सुकेर रहेको चौथाइ मात्रालाई विहान पिउँदा पेटको दुखाइमा आराम हुन्छ ।

 

दम र खोकी: पुदिनाको पात पानीमा पकाइ पिउँदा दम र खोकीमा सुधार हुन्छ । घाँटी बढी खसखस भएर खोकी लागेमा पनि यसको प्रयोगले फाइदा पुग्छ ।

 

ज्वरो: पुदिनाको रस निकाली आधादेखि २ चम्चासम्म रसलाई पानी मिसाई खानदिँदा ज्वरो घटद्छ । मुर्छा: सामान्य कारणले कुनै व्यक्ति मुर्छा वा बेहोस् भएको छ भने पुदिनाको पातलाई माडेर केहीबेर सुँघाइदिँदा होस आउँछ ।

 

काटेको घाउमा: कुनै अंगमा घाउ भएमा वा काटेको ठाउँमा रगत बग्न नरोकिएमा घाउ सफा गरी पुदिनाको पातलाई राम्ररी पखाल्ने र त्यसको रस निकाली लगाउँदा घाउमा रगत थामिन्छ र छिटो निको पार्न समेत मद्दत गर्छ ।

 

क्यान्सर: पुदिनाको ताजा वा सुकेको पातलाई चिया, सर्बत, चटनी आदि कुनै न कुनै रूपमा सेवन गरेमा क्यान्सरको शुरु अवस्थामा  यसले औषधि जस्तै काम गर्दछ । दिनको १०/१५ वटा ताजा पातलाई थिचेर पानीमा मिसाई मह वा थोरै कागती र नून मिसाई दिनको २–३ पटक केही महिनासम्म खुवाउन सकिन्छ ।

 

 

पेट फुल्ने: पेट फुल्ने वा अजीर्ण भएमा पुदिनाको १–२ चम्चा रस, केही मात्रामा बीरेनून राखी ४ गुणा मनतातो पानीसँग खाँदा पेट फुलेको ठीक हुन्छ ।

 

 

अपच: दिनहुँ खानाको साथमा आधा चम्चा पुदिनाको रस वा ५/६ वटा ताजा पुदिनाको पात वा केही मात्रामा यसको अचार खाएमा अपच भएको अवस्थामा फाईदा हुन्छ ।

 

पिसाब पोल्ने:  यदि पिसाब गर्दा पीडा वा जलिरहेको छ भने यस्तो बेला पुदिनाको जुस वा रस सेवन गर्दा फाइदा हुन्छ

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*