म्याग्दीको सिङ्गा शितभण्डार बन्ने

कृषिपाटी
२१ असार २०७९, मंगलवार २१:३४

 

 

म्याग्दी। म्याग्दीको बेनी नगरपालिकाले वडा नं ४ सिङ्गामा शीतभण्डार बनाउने भएको छ । आगामी आर्थिक वर्ष २०७९र८० मा शीतभण्डार बनाउन नगरपालिकाले रु एक करोड ९० लाख विनियोजन गरेको छ ।

कृषि उपज सङ्कलन, भण्डारण र व्यवस्थापनका लागि शीतभण्डार निर्माण गर्न लागिएको नगरउपप्रमुख ज्योति लामिछाने पौडेलले बताइन् ।

 

“नगर क्षेत्रभित्र उत्पादन हुने कृषिजन्य उत्पादनको उचित व्यवस्थापनमा कोल्ड स्टोर कोसेढुङ्गा साबित हुनेछ्,” उनले भनिन्, “कोल्डस्टोर नगरपालिकाले बजेट विनियोजन गरेको आगामी वर्षको सबैभन्दा ठूलो योजना हो ।”

 

दुई वर्षअघि बेनी नगरपालिकालाई कोल्डस्टोर बनाउन सङ्घीय सरकारबाट बजेट विनियोजन भए पनि स्थान छनोट हुन नसकेपछि कार्यान्वयन हुन सकेको थिएन । कोल्डस्टोर बनेपछि सुन्तला, आलुलगायत कृषि उपज भण्डारण गरेर बेमौसममा बजारमा आपूर्ति गराउन र बढी मूल्य पार्न सकिन्छ ।

 

कूल ७३ करोड २२ लाख बजेट विनियोजन गरेको नगरपालिकाले पूँजीगततर्फ रु २७ करोड आठ लाख बजेट छुट्याएको छ । कृषि, पूर्वाधार र सामाजिक क्षेत्रमा प्राथमिकता दिएर बजेट विनियोजन गरेको नगरप्रमुख सुरत केसीले बताए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*