उत्पादनसंग जोडिएका किसानको प्रचार गर्नुस् : कृषिमन्त्री हुमागाँई

कृषिपाटी
२१ असार २०७९, मंगलवार २१:४०

 

 

हेटौंडा । बागमती प्रदेश सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री बसुन्धरा हुमागाईले उत्पादन सँग जोडिएका कृषकहरुको कुरालाई मिडियामा प्रचार गर्न आग्रह गरेका छन् । मंगलबार हेटौंडामा कृषि पत्रकारिता सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले कृषि तथा पशुपन्छी क्षेत्रमा उत्पादन सँग जो कृषक जोडिएका काम गरिरहेका छन् उनीहरुको प्रचार तथा प्रसार गर्न सञ्चारकर्मीलाई आग्रह गरेका हुन् ।

 

 

उनले मन्त्रालयका कमजोरीलाई औल्याउदैं सबल पक्षको समाचार लेखी मन्त्रालयले गरेका कामहरु किसान समक्ष पु¥याउन अनुरोध गरेका छन् । प्रदेशको समग्र कृषि क्षेत्रलाई कसरी विकास गर्ने भनी मन्त्रालयले तयार पारेको किसान लक्षित मार्ग चित्र भित्रका योजनालाई कार्यान्वयन तर्फ लागि रहेको बताए । अनुदानलाई व्यवस्थित गर्दै सामूहिक खेतीलाई प्राथमिकता राखी काम गरिने बताए ।

 

 

अन्तरक्रियामा बोल्दै मन्त्रालयका सचिव डा. शरण कुमार पाण्डेले तथ्यमा रहेर समाचार लेख्दा थप प्रभावकारी देखिने बताए । उनले नेपाल पत्रकार महासंघ मकवानपुर शाखा सँग जुन सहकार्यमा अन्तरक्रिया गरियो जसले गर्दा थप सहकार्य र समन्वयमा सहज वातावरण रहेको बताउदैं पँहुचमा होइन साना किसान लक्षित कार्यक्रमहरु कार्यान्वयन गर्न मन्त्रालय लाग्ने बताए ।

 

उनले वडावडामा प्राविधिक, ल्याब सञ्चालन, थोक बजार केन्द्र निर्माण, प्राङ्गारिक मल प्रयोगमा कार्ययोजना, कोल्ड च्याम्बर निर्माणका साथै गतवर्षकै प्रति लिटर दुध अनुदान कार्यक्रमहरुलाई प्राथमिकतामा राखेर काम सुरु गरिने बताए ।

 

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्ठले मकवानपुरमा कृषि नै विट बनाएर पत्रकारिता नगरिएको बताए । जिल्लामा बसेर सबै क्षेत्रको विषयमा समाचार बनाउनुपर्ने बाध्यता रहेकाले विट पत्रकारिता खासै नभएको बताए । कृषि क्षेत्रमा कलम चलाउन सके प्रशस्त सुचना, समाचार, स्रोत रहेको बताउदैं उनले मन्त्रालयलाई सुझाव सहित समाचार सम्प्रेक्षण गरिनुपर्ने बताए । लुकेर बसेका किसानको समस्या, सम्बन्धित निकायको चासो र त्यसको समाधानका लागि सञ्चारकर्मीहरुको ठुलो भूमिका रहने बताए ।

 

 

कार्यक्रममा मन्त्रालयका प्रवक्ता एंव कृषि प्रसार अधिकृत झलकनाथ कंडेलले मन्त्रालयले आव २०७९/०८०को कार्ययोजनाहरु प्रस्तुत गरेका थिए । मन्त्रालयको सहकार्यमा नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको आयोजनामा अन्तरक्रिया कार्यक्रम गरिएको थियो ।

 

 

महासंघका अध्यक्ष मणिराज गौतमको अध्यक्षता तथा मन्त्री हुमागाईको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा महासंघका पुर्व अध्यक्ष राममणि दाहाल, भानुभक्त आचार्य, मन्त्रालयका सुचना अधिकारी अनुप अधिकारी लगायत जिल्लाका पत्रकारहरुको उपस्थिती रहेको थियो ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*